एजेन्सी । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ ।आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।
टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक छ भने १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ ।
चौथो स्थानको रुसी ओलम्पिक कमिटिले ११ स्वर्ण पदक जित्दा १० वटा स्वर्ण पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा छ ।टोकियोमा अहिलेसम्म कुल ४९ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार
चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा
स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा
पेरिस ओलम्पिकको भव्य उद्घाटन
ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै