पेरिस ओलम्पिकको भव्य उद्घाटन

एजेन्सी

शनिबार, १२ साउन २०८१, ०८ : ४०
पेरिस ओलम्पिकको भव्य उद्घाटन

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा शुक्रबारदेखि ओलम्पिक खेल सुरु भएको छ ।

भव्य कार्यक्रमका बिच ओलम्पिक खेलको उद्घाटन गरिएको छ ।  सेन नदीको किनारमा डुङ्गा परेडको माध्यमबाट आयोजित उद्घाटन समारोहमा नेपालसहित सहभागी सबै देशका खेलाडी र अधिकारीहरुको सहभागिता रहेको थियो । 

उद्घाटन समारोहको अन्त्यमा आईओसीका अध्यक्ष थोमस बाखले सम्बोधन गरे भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिस ओलम्पिकको औपचारिक उद्घाटन घोषणा गरे।

तीन महिनाअघि ओलम्पिक टर्च ग्रीसबाट पेरिस सारिएको थियो जुन शुक्रबार, महान फ्रान्सेली फुटबलर जिनेदिन जिदानलाई हस्तान्तरण गरिएको थियो।

त्यसपछि उनले टेनिस स्टार राफेल नाडाल र सेरेना विलियम्सलाई हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस