लुम्बिनीका विपक्षी चार दलले अध्यक्षलाई भने– एमाले नेतृत्वको सरकार अल्पमतमा

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १७ : ३८
लुम्बिनीका विपक्षी चार दलले अध्यक्षलाई भने– एमाले नेतृत्वको सरकार अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको दावी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै लुम्बिनीमा एमालेको सरकार अल्पमतमा परेको बताए । 

उनीहरुले यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।

वैशाख १९ गते संसदमा प्रस्तुत अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गराएका थिए । त्यसपछि आफूले राजीनामा दिई प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गरको थिए । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस