काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १६ जना निको भएका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको छ । तीमध्ये ९ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८६जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति