विश्व

सिरियामा अमेरिकी हमला (तस्बिरसहित)

एजेन्सी

शनिबार, ०१ बैशाख २०७५, १४ : १०
सिरियामा अमेरिकी हमला (तस्बिरसहित)

एजेन्सी । अमेरिका र उसका सैन्य सहयोगी देश ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरे । रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ । संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको रासायनिक हमला भएको आरोप लगाउँदै त्यसको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् । सिरियाली कुनै पनि रासायनिक हमला नभएको बताएको छ ।
सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र  खसालिदिएको जनाएको छ।सिरियाले अमेरिकी हमला अन्तराष्ट्रिय कानुन विपरित भएको बताएको छ ।  
हमलासँग जोडिएका केही तस्बिर

प्रतिक्रिया दिनुहोस