त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

शनिबार, ०१ बैशाख २०७५, १३ : ५६
त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

चितवन । वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन ।
बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याईएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस