कति शक्तिशाली छ ? अमेरिकाले सिरियामा हानेको टाँम हाँक मिसाइल

शनिबार, ०१ बैशाख २०७५, १३ : ४६
कति शक्तिशाली छ ? अमेरिकाले सिरियामा हानेको टाँम हाँक मिसाइल

अमेरिकाले सिरियामा फेरि एक पटक हमला गरेको छ र यसपटक टाँम हाँक मिसाइल प्रयोग गरिएको छ । टाँम हाँक मिसाइल अमेरिकाको अचूक मिसाइल मानिन्छ, जसको २० बर्षदेखि अमेरिका प्रयोग गर्दै आएको छ । अमेरिका जहिले आफ्नो टार्गेटमा सुरिक्षित हमला गर्दा टाँम हाँक मिसाइल प्रयोग गर्छ । सिरियाली चरमपन्थी संगठनको अड्डामा अमेरिका पहिला पनि हवाई हमला गरेको थियो । बर्ष २०१७ मा अमेरिकाले सिरियामाथि पहिलो पटक हमला गरेको थियो । यो हमला सिरियाली सरकारको हितका विरुद्ध गरेको थियो । सिरियामा बर्ष २०११ देखि युद्ध जारी छ ।

टाँम हाँक मिसाइल ६ मिटर लामो हुन्छ र १५ सय किलोग्राम तौल हुन्छ । लामो दूरीसम्म हमला गर्न सक्छ । यो मिसाइलमा ४५४ किलो विस्फोटक पदार्थ हुन्छ । टाँम हाँक मिसाइल ८८५ किलोमिटर प्रतिघण्टा रफ्तारमा १६०० किलोमिटरको दुरीमा रहेको टार्गेटलाई क्षति पुर्राउन सक्छ । द वाशिंगटन पोस्ट पत्रिका रक्षा विश्लेषक क्रित्रस हार्मरको हवाला दिदै टाँम हाँक मिसाइलको विस्फोट क्षमता अन्य मिसाइलको तुलनामा कमछ ।

वायुसेना अधिकारी रहेका क्रिस हार्मर भन्छन कि, जव जमिनमा हवाई बमवारीको कुरा हुन्छ, टाँम हाँक मिसाइलको हमला धेरै अर्थ राख्दैन । यो मिसाइल जीपीएस प्रविधिमा काम गर्छ । टाँम हाँक मिसाइल पनि बेला बेला चुक्न सक्छ । टार्गेठ भन्दा १० मिटर भन्दा टाढा जान्न । अमेरिकी रेदियन कम्पनी टाँम हाँक मिसाइल निर्माण गर्छ । कम्पनीको दावी छ कि, टाँम हाँक संसारको सवैभन्दा आधुनिक क्रुज्र मिसाइल हो ।

भन्ने गरिन्छ कि, टाँम हाँक मिसाइलको निर्माण दुई हजार भन्दा बढी पटक प्रयोग गरियो र ५०० भन्दा बढी पटक यसको परीक्षण गरियो । नब्बेको दशकमा यो मिसाइल खाडी युद्धमा प्रयोग गरिएको थियो । इराकबाहेक लिवियामा पनि टाँम हाँक मिसाइल प्रयोग गरिएको थियो । बर्ष २०११ मा जब गर्नेल गद्दाफीको सरकारको विरुद्ध नेटो देशले कारवाही गरेका थिए, त्यसबेला पनि टाँम हाँक मिसाइल हानिएको थियो ।

टाँम हाँक मिसाइलको प्रयोग १०१४ मा इस्लामिक स्टेटका विरुद्ध प्रयोग गरेको थिए । आइएसका विरुद्ध यो हमला सिरियामै गरिएको थियो । त्यसबेला लालसागरमा ४७ टाँम हाँक मिसाइल हानिएको थियो । बर्ष २०१७ मा पूर्वी भूमध्यसागरको रहेको युद्धक जहाजबाट अमेरिकाले सिरियाली एक एयसबेसमा ५९ टाँम हाँक मिसाइल हानेको थियो । -बीबीसी

प्रतिक्रिया दिनुहोस