रूपन्देहीमा साउन मसान्तसम्म निषेधज्ञा थप

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १९ : ५३
रूपन्देहीमा साउन मसान्तसम्म निषेधज्ञा थप

बुटवल । रूपन्देही जिल्लामा  साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  जस्तै गरी  निषेधत्रा थप गर्ने निर्णय गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको  आदेशमा खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ ।  यस्तै सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परिक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दाबढी बिद्यार्थी नराख्न उल्लेख गरिएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा सहज हुनेछन् । अन्यको हकमा पुरानै नियमलाइ निरन्तरता दिइएको प्रशासनले जारी गरेको  निर्देशनमा उल्लेख  छ । रुपन्देहीमा बैशाख १६ गतेदेखी नै निषेधज्ञा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस