आगलागी हुँदा रु २५ लाखभन्दा बढी क्षति

शनिबार, ०१ बैशाख २०७५, १३ : ३३
आगलागी हुँदा रु २५ लाखभन्दा बढी क्षति

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा आज बिहान आगलागी हुँदा रु २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ ।
मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरबाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी रु २५ लाखभन्दा बढी क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी इनरुवालगायतका स्थानबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस