काठमाडौं । राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भए पनि सो अवधिभित्र उनीहरूले कर बुझाउन आलटाल गरेका हुन् ।
काठमाडौं महानगरपालिका राजस्व विभागले असार १५ गते ३० दिनको म्याद दिई आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रपर्टिज प्रालि, स्टार मललगायतलाई घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यसै गरी, एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कुल, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताललगायतलाई पनि घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
सो अवधिमा एनआरटी क्लब र काठमाडौं इन्जिनियरिङ कलेजबाहेक अन्यले सम्पर्कसमेत नगरेको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए । तोकिएको अवधिका कर तिर्न नआएपछि महानगरले बुधबार माइकिङ गरी सचेत गराउँदै घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्नेसम्बन्धी सूचना टाँस गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ साउन २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा
यी वस्तुमा घटाइयो कर
बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस गर्दैनौं : दूरसञ्चार प्राधिकरण
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
पूर्वाधार करबाट उठ्यो १ खर्ब २५ अर्ब