चितवन । भरतपुर ११ स्थित गणेशस्थान मन्दिर परिषरमा बृक्षारोपण गरिएको छ । बुधबार रोटरी क्लब अफ नारायणगढ र स्पाउज क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ इन्स्याक्ट क्लब अफ क्लब अफ बाल्मिकी, र फर्निचर तथा फर्निसिङ व्यवसाय संघ चितवनको संयुक्त, आयोजनामा वृक्षारोपण गरिएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यमा बृक्षारोपण कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि दाहालले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री बनाइने बताईन् । वातावरण मैत्री सहित स्मार्ट सिटी निर्माणको अभियनामा महानगरपालिका रहेको र बृक्षारोपण कार्यक्रमलाई तीब्रता दिइएको उनले बताईन् ।
विकासको तीब्र गतिमा रहेको भरतपुर महानगरमा वातावरण संरक्षणका लागि पनि आफुहरु सचेत रहेको उनको भनाई छ ।कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र वडा नं ११ का वडा अध्यक्ष बाबुराम अधिकारीकोे उपस्थितीमा गणेशधाम परिसरमा एक हजार बिरुवाहरू वृक्षारोपण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन अरुणकुमार खनालले जानकारी दिए ।
रोटरी अन्तर्राष्ट्रियको प्रमुख कार्यक्षेत्रहरू मध्ये वातावरण संरक्षण पनि एक रहेको र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सातौँ स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष अरुणकुमार खनालले जानाकारी गराए । त्यसैगरी गणेशधाम सम्वद्र्धन समितिका संयोजक दिनेशकुमार चुकले गणेशधाम परिसरभित्र दश हजार बिरुवाहरू रोपिने योजना भएको र आजबाटै सो कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा आयोजक संस्थाहरूको तर्फबाट स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष निरा श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठ, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्व अध्यक्ष चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो
ठोरीलाई त्रिदेशीय नाकाका रुपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल
'हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर : मेयर दाहाल