प्रदेश नं १ को नामकरणबारे छलफल सुरु

रासस

मंगलबार, १२ साउन २०७८, १८ : ३८
प्रदेश नं १ को नामकरणबारे छलफल सुरु

विराटनगर । प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाट प्रदेशको नाम राख्नका मुख्यमन्त्री राईको तयारी छ । 

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका छन् ।

छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस