प्रहरी निगरानी बढेसगैं नेकपा विप्लव समूह चितवनका नेता कार्यकता भुमिगत

शुक्रबार, ३० चैत्र २०७४, १८ : ३४
प्रहरी निगरानी बढेसगैं नेकपा विप्लव समूह चितवनका नेता कार्यकता भुमिगत

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नेकपा विप्लव समूहलाई उच्च निगरानीमा राखेसँगै सो पार्टीका नेता कार्यकताहरु भुमिगत भएका छन् । अहिले जिल्ला ईन्चार्ज लाल बहादुर बि.सी, सेक्रेटरी ध्रुब लगाएतका दर्जनौं नेता कार्यकर्ताहरुको मोवाईल समेत स्वीचअफ छ । प्रहरीको पक्राउबाट बच्न सो पार्टीका नेता कार्यकर्ताहरु सुरक्षित स्थानतिर सिफ्ट हुदैं अघोषित रुपमा भुमिगत भएका हुन् । अज्ञात समूहको नाममा जिल्लामा विभिन्न अपराधिक घटनाहरु बढ्न थालेपछि चितवन प्रहरीले सो क्रियाकलापमा विप्लव पार्टीको सग्लनता रहेको भन्दै उनीहरुलाई पक्रन शुरु गरेलगत्तै सो पाटीका नेता कार्यकर्ताहरु भुमिगत हुन थालेका हुन । गत मंगलबार मात्रै जिल्लामा अज्ञात समूहको नामबाट दुइवटा घटना घटे । भरतपुर महानगर वडा नम्वर १० का वडाध्यक्ष अरुण पिडित भण्डारी माथि अमानविय आक्रमण र कालिका कन्सट्रक्सनको केन्द्रिय कार्यालय भरतपुर–२ क्षेत्रपुरमा वम फिस्फोट गराउने घटना ।

यि दुबै घटनामा विप्लव समूहको हात रहेको प्रहरी दाबी रहेपनि हालसम्म सो पार्टीले घटनाको आधिकारिक जिम्मा भने लिएको छैन् । घटना लगत्तै चितवन प्रहरीले नेकपा विप्लव पार्टीका जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित ४ जनालाई नियन्त्रणमा लिएपनि उनीहरु घटनामा संग्लन नरहेको नेकपा निकट एक उच्च श्रोतले भण्डाफोरलाई बताएको छ । प्रहरीको निगरानी र कारबाहीबाट जोगिन जिल्लास्तरिय सक्रिय कार्यकर्ताहरु भुमिगत बनेपछि प्रहरीले सो पाटीका अन्य समर्थक र शुभचिन्तकलाई पनि निगरानी बढाएको चितवन प्रहरी निकट श्रोतले बताएको छ । यसैविच, गत बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा व्यवस्थाका बारेमा गम्भिर छलफल गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । प्रजिअ भट्टले भने अराजक गतिबिधी गर्ने र अशान्ति फैलाउने हरुको पहिचान गरि कारवाहीको दायरामा ल्याउने छौं । जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउन सबै सुरक्षा संयन्त्रलाई निर्देशन दिइएको पनि प्रजिअ भट्टले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस