काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।
गत २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९ सय ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति