काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
यता चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुन र चाँदीको मूल्य,कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?