इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने हुने भएको छ ।
पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । भ्रष्टाचारको आरोप लागेपछि उहाँले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।
उहाँ झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गर्नुभएको थियो । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस