काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले र सत्तासीन गठबन्धनको दोबाटोमा रोकिएका नेता नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।
एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज छलफल गरेका थिए । सरकार बनेको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
गठबन्धनसँग आबद्ध एमालेको माधव र जसपाको उपेन्द्र पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड