काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ ।
निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि प्रयास गरिरहेका छन् ।
हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो