प्रधानमन्त्री देउवाको पूर्ववर्ती कार्यकाल कुनै पनि राम्रो छैन : सुवास नेम्बाङ

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १३ : ४५
प्रधानमन्त्री देउवाको पूर्ववर्ती कार्यकाल कुनै पनि राम्रो छैन : सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै  देउवाको कार्यकालमा झ्यालमा बसेका बच्चालाई गोली हानेर मारिएको स्मरण गराउँदै, विरोध जनाउन जाँदा सिंहदरबारको गेटमै प्रहरी लगाएर आक्रमण गरेको पनि आक्षेप लगाएका छन ।

देउवाप्रति व्यंग्यात्मक रुपमा शब्द प्रहार गर्दै नेम्बाङले देउवाको पूर्ववर्ती कार्यकाल कुनै पनि राम्रो नरहेको पनि उल्लेख गरे।अघिल्लो पटक पुनर्स्थापित संसदमा सरकारले अध्यादेश पेश गर्न खोज्दा नदिएकाप्रति पनि उनले रोष प्रकट गर्दै आफूहरुले त्यस्तो नगरेको उल्लेख गरे ।

जनताले सरकारमा जाने जनादेश नदिएको बताउने देउवा अहिले प्रधानमन्त्री भएकामा बधाई दिन उपस्थित हुनु परेको भन्दै नेम्बाङले भने, ‘देउवा संसद, जनताको जनादेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएको हो ।’अदालतको फैसलाप्रति प्रश्न उठाउँदै नेम्बाङले सर्वोच्च अदालतको फैसलाले दूरगामी असर पारेको उल्लेख गरे ।
 

प्रतिक्रिया दिनुहोस