एमाले अध्यक्ष ओली बाहेक सबै कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १२ : २२
एमाले अध्यक्ष ओली बाहेक सबै कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आज एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । उक्त मञ्चमा एमाले अध्यक्ष केपी ओली भने समेटिएका छैनन् । उनी बाहेकका कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्न लागेका हुन् । 

पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ। केन्द्रले आयोजना गर्ने  ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिस्ट नेता सहभागी हुनेछन्।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द प्रवचन दिनेछन्।

त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्य पनि प्रवचन दिने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस