एजेन्सी । जम्मु काश्मिरको कनाचक इलाकामा भारतीय पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् ।
त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ ।उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् । बिहीबारदेखि यो मुठभेड चलिरहेको छ । सुरक्षाकर्मीले विद्रोहीको हातबाट केही हतियार बरामद गरेका छन् ।
२७ जुनमा भारतीय वायुसेना स्टेशनमा विद्रोहीहरुले ड्रोन मार्फत विस्फोटक हमला गरेका थिए । यस हमलामा दुई व्यक्ती घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ साउन २०७८, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण
त्रिशूलीमा बस बेपत्ता : पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरेर खोजीकार्य शुरु