युथफोर्सलाई काउन्टर दिन पिपुल्स भोलिन्टियर घोषणा

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १७ : ३२
युथफोर्सलाई काउन्टर दिन पिपुल्स भोलिन्टियर घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी)घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् । पीभीको इन्चार्ज सन्जीप राई र सचिव मनोज खत्री चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पीभी घोषणा गरेका हुन् । पीभी घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस