राष्ट्रियसभामा “न्याय परिषद् र न्यायसेवा आयोगको' प्रतिवेदन पेश

रासस

विहीबार, ०७ साउन २०७८, १५ : ३९
राष्ट्रियसभामा “न्याय परिषद् र न्यायसेवा आयोगको' प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ । 
 

प्रतिक्रिया दिनुहोस