डा बाबुराम भट्टराई भारत जाने

शुक्रबार, ३० चैत्र २०७४, १० : ०४
डा बाबुराम भट्टराई भारत जाने

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न भट्टराई भारत जान लागेका हुन् । भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ । एक साता लामो भारत बसाइमा उनले भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

भट्टराईले भारतका मुख्य–मुख्य सहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतस्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने कार्यक्रम रहेको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भट्टराईले भारतका महत्त्वपूर्ण ऐतिहासिक स्थानहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उनको साथमा पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी र पिता भोजप्रसाद पनि रहने छन् । संयोजक भट्टराई वैशाख ८ गते काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस