काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण बिहीबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
यसैगरी बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?