काठमाडौँका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा, चारजना स्टोर सञ्चालक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १५ : ००
काठमाडौँका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा, चारजना स्टोर सञ्चालक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँका चार ठाउँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।

काठमाडौँका चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० चन्द्र कुवेर खापुङले बताए । २०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ । पक्राउ गरिएका आरोपीहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने एसएसपी खापुङले बताए । 

प्रतिक्रिया दिनुहोस