पोखरीमा डुबेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १३ : ५७
पोखरीमा डुबेर एक जनाको मृत्यु

जनकपुरधाम । पोखरीमा डुबेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका वडा नं. ४ हरैयाका ३० वर्षीय भुरकर माझी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

मंगलबार राति करिब पौने ९ बजे पोखरीमा डुबेका माझीको शव जाल हानेर खोजतलास गर्ने क्रममा बुधबार करिब साढे १० बजे फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

पोखरीमा डुबेर मृत्यु भएका माझीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको उनका आफन्तले प्रहरी समक्ष बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस