सवा पाँच किलो चाँदीका गहनासहित एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १३ : ३२
सवा पाँच किलो चाँदीका गहनासहित एकजना पक्राउ

वीरगञ्ज । सवा पाँच किलो चाँदीका गहनासहित एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

चाँदीका गहनासहित प्रहरीले सप्तरी राजविराज उपमहानगरपालिका–२ मेघरा घर भइ चितवन खैरेनी नगरपलिका–२ मा रहेको श्रीया ज्वेलर्सका सञ्चालक अंगत साहलाई पक्राउ गरेको हो।

वीरगञ्ज –१६ स्थित शंकराचार्य गेट नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा साहलाई चाँदीका गहनासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका साहलाइ चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने खनालले बताए।

प्रतिक्रिया दिनुहोस