काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।
विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन ।साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १४ : ५५
लेखकबाट थप