लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भीम ओली नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १४ : ३५
लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भीम ओली नियुक्त

रपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बाँकेका भीम ओलीलाई नियुक्त गरेको छ ।तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रहेका ओलीलाई मन्त्रि परिषदको बैठकले सदस्य सचिवमा नियुक्त गरेको हो ।

ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका निर्वाह गरेका थिए ।यो प्रतियोगिता बाँकेमा आयोजना हुँदा बाँकेले करोडौंका खेल पूर्वाधारहरु पाएको पत्रकार झक गैरेले बताए ।

आठौं राष्ट्रिय खेलकुद आयोजनाकै लागि बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला, पौडी पोखरी, सुटिङ रेन्ज लगायतका खेल मैदान बनेका थिए । ओली खजुरा गाँउपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८०४।०१ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस