एमाले केन्द्रिय कमिटिको बैठक शुरु, माधव नेपाल समुह भने अुनपस्थित

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १२ : ०९
एमाले केन्द्रिय कमिटिको बैठक शुरु, माधव नेपाल समुह भने अुनपस्थित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक शुरु भएको हो । एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

माधव नेपाल पक्ष भने बैठकमा उपस्थित भएका छैनन् । उनीहरुले ओली समुहले एकलौटी रूपमा बैठक बोलाएको भन्दै अनुपस्थित रहेको छ । नेपाल पक्षकै माग अनुसार २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो । सोही अनुसार दशौं बैठक भनेर ब्यानर टाँगिएको छ । बैठकबाट दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमालेले ओली पक्षका एक नेताले बताए । 

आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। जेठ २ अघिकै संरचना अनुसार बैठक बसेको भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने निर्णय गरेको थियो। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ ।

‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि हामी जाँदैनौं,’ नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चौधरीले भने। विवाद कार्यदलमा सदस्य रहेका नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको बताए।

प्रतिक्रिया दिनुहोस