सप्तगण्डकीका बराललाई सम्मान तथा बिदाई

विहीबार, २९ चैत्र २०७४, २० : ५४
सप्तगण्डकीका बराललाई सम्मान तथा बिदाई

चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्रशाशक खेमराज बराललाई बिहीबार सम्मानसहित बिदाई गरिएको छ ।

क्याम्पसको स्थापनाकालदेखि निरन्तर ३० वर्षसम्म विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनु भएको भन्दै बराललाई सम्मानसहित बिदाई गरिएको हो । बरालको सम्मान तथा बिदाई कार्यक्रम क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा सञ्चालक समितिका अन्य सदस्य, कर्मचारी संघको तर्फबाट पवित्रा ज्ञवाली पौडेल, लेखा प्रमुख तोयानाथ भट्टराई, प्राध्यापकको तर्फबाट रामकुमार तिवारी, पूर्व क्याम्पस प्रमुखकोे तर्फबाट सोमराज महतो र क्याम्पस प्रशाशनको तर्फबाट साहायक क्याम्पस प्रमुख कृष्ण घिमिरेले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस