पूर्वाधार विकास गरेर समृद्धिको यात्रा तय गर्न चाहन्छौं : दाहाल

विहीबार, २९ चैत्र २०७४, २० : १६
पूर्वाधार विकास गरेर समृद्धिको यात्रा तय गर्न चाहन्छौं : दाहाल


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास गरेर भरतपुर महानगरले समृद्धिको यात्रा तय गर्न चाहेको बताउनु भएको छ । शुक्रबार नारायणगढको क्याम्पाचौरमा नेवाः पुचद्वारा आयोजित फूड फेस्टिबलको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले हाम्रो खानपान, सामाजिक रीतिरिवाज, संस्कृति र सभ्यताहरुको एक आपसमा परिचय र आदनप्रदान गर्न यस्ताखाले कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक सभ्यताले भरिपुर्ण देशको संस्कृति र सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । प्रमुख दाहालले देशको संस्कृति र सभ्यताहरुको संरक्षण र बिस्तार गर्न भरतपुर महानगर पूर्णरुपमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।  
चैत २९ देखि बैशाख ३ गतेसम्म संचालन हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । मेलामा भिमसेनको ठुलो  मुर्ति राखिएको छ । फेस्टिबलमा करिब ८० वटा स्टल रहेका छन् । फेस्टिबल दिउँसो ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस