जसपाका १९ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १६ : ३०
जसपाका १९ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने

काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर जसपाका १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने भएका छन् ।

आज सो समूहको पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दल बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने निर्णय गरेको हो । ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसरी उपेन्द्र यादव पक्षले राजेन्द्र महतो(महन्थ ठाकुर पक्षमा गएका सहित ७ सांसद आफ्नो पक्षमा तान्न सफल भएको छ । यसअघि राजेन्द्र महतो(महन्थ ठाकुर पक्षतिर लागेका सांसदहरु अमृता अग्रहरि,नरमाया ढकाल,रेणुका गुरुङ,प्रमोद साह,रानी मण्डलसहितका सांसदहरु आफूतिर तान्न सफल भएसङ्गै अब संसदीय र कार्यकारिणी दुबै समितिमा उपेन्द्र बाबुराम पक्षधरको बहुमत पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस