बिजय जोली चन्द्रागिरि केबलकारको भ्रमणमा

विहीबार, २९ चैत्र २०७४, १९ : ४३
बिजय जोली चन्द्रागिरि केबलकारको भ्रमणमा


चन्द्रागिरि । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजय जोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक  स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था,  शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमणका क्रममा श्री जोलीले आफ्ना अनन्य मित्र श्री चन्द्र प्रसाद ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले एउटा इतिहास कायम गरेको भन्दै बधाई तथा परियोजना सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस