जसपाको विवादबारे निर्वाचन आयोगमा सुनुवाइ हुँदै

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १२ : ००
जसपाको विवादबारे निर्वाचन आयोगमा सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवादबारे आज आइतबार देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ । तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाई केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाई गर्न लागेको हो ।

सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयोगमा उपस्थित भएर बहस गर्नुपर्ने छ । तर, केही वकिलहरूले आयोगमा अध्यादेशबाट नियुक्त भएका पदाधिकारीले गर्ने सुनुवाई बहिस्कार गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस