नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

विहीबार, २९ चैत्र २०७४, १८ : ३५
नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

नवलपरासी । पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् ।

भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो ।
मृत्यु हुनेमा जिपमा सवार तनहँु रिसिङ्ग गाउँपालिका–५ का भीमबहादुर मुग्नी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा भइरहेको बुझिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस