स्थगित काँग्रेस केन्द्रिय समितिको बैठक पुनः बस्ने

विहीबार, २९ चैत्र २०७४, १४ : ०२
स्थगित काँग्रेस केन्द्रिय समितिको बैठक पुनः बस्ने

 

काठमाडौं । नेपाली काँग्रेसको स्थगित केन्द्रीय समितिको बैठक वैशाख ७ देखि पुनः बस्ने भएको छ । काँग्रेस केन्द्रिय सदस्य खुम वहादुर खड्काको निधन पश्चात रोकिएको वैठक नयाँ वर्षको पहिलो शुक्रवार देखि वस्ने भएको हो ।
चैत ९ बाट डाकिएको वैठकमा निर्वाचनको समिक्षा जारी रहेको छ । केन्द्रिय समितिको वैठकमा हालसम्म ४३ सदस्यले आफ्नो धारणा राखिसकेका छन् । खड्काको निधन पश्चात १८ मा वसेको केन्द्रिय समितीको वैठकले शोक प्रस्ताव पारित गरेको थियो । वैठक निर्वाचन समिक्षामै केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस