काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १६ : ३९
लेखकबाट थप