पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

विहीबार, २९ चैत्र २०७४, १३ : ०५
पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।
अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा जानुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस