प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वर जाँदै

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १७ : ०९
प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वर जाँदै

file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् । यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।

माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस