उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

रासस

बुधबार, ३० असार २०७८, १६ : २२
उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मुसहर टोलमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षका फुलकुमारी सदा र ३९ वर्षका ललिता सदा रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङ लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएकाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा बुधबार बिहान सवा ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस