उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा जोड दिन माओवादी केन्द्रको प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १५ : ५६
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा जोड दिन माओवादी केन्द्रको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् ।

सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको विगतको अनुभवबाट शिक्षा लिनुपर्ने नेताहरुले बताएका छन् ।

‘सरकार सञ्चालनका लागि गठबन्धन र पार्टीमा पनि संयन्त्र बनाउनुपर्ने सबैको जोड छ’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने । सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्वभ नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादीको जोड छ ।
 

प्रतिक्रिया दिनुहोस