ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना केन्द्रीय कारागारबाट रिहा

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १६ : ०८
ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना केन्द्रीय कारागारबाट रिहा

काठमाडौं ।अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना शाक्य रिहा भएकी छिन् । सोमबार बिहान केन्द्रीय कारागारबाट उनी रिहा भएको जेलर लक्ष्मी बाँस्कोटाले बताए ।   

जिल्ला अदालत काठमाडौँले २०६७ मङ्सिर ३ मा उनलाई हत्या मतियारमा १३ वर्ष ४ महिना कैद सजाय तोकेको थियो । कारागारभित्रको महिला स्कुलमा शिक्षण गरेको र राम्रो आचरण भएको हुनाले मेरिनाले १ वर्ष ४ महिना कैद सजाय छुट पाएर रिहा भएकी हुन् ।

एसएलसीको परीक्षा दिएपछि जेल परेकी मेरिनाले केन्द्रीय कारागारबाट वाणिज्य शास्त्रमा स्नातकोत्तरको सर्टिफिकेट बोकेर घर फर्केकी छिन् । कारागार भित्रको महिला स्कुलका विद्यार्थीहरूले उनलाई बिदाइ गरेका छन् ।

२०६६ जेठ २२ मा ख्यातिको अपहरणपछि हत्या गरिएको थियो । ख्यातिको शवका टुक्रा काठमाडौँ, ललितपुर र चितवनमा फेला परेको थियो ।हत्यामा संलग्न मुख्य अभियुक्त वीरेन श्रेष्ठ नख्खु कारागारमा छन् । उनलाई अदालतले सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो ।


 

प्रतिक्रिया दिनुहोस