बर्दिया । बाँकेको प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका -४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन, र २९ वर्षीया रोविन बुढा रहेका छन् ।
प्रहरीले शनिबार साझँ नेपालगंज उपमहानगरपालिका -१ पुष्पलाल चोक स्थित राप्ती गेष्ट हाउसबाट संरक्षित वन्यजन्तुका अंगसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले होटलको भुईतलामा रहेको कोठामा राखेको कालो झोला भित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला १ थान , सोही खाटको सिरानी मुनी प्लाष्टिक भित्र रहेको चार वटा भालुको पित्त समेत बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
उक्त गेष्ट हाउसभित्रसंरक्षित वन्यजन्तुका अंग कारोबार भइरहेको सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बाट खटिएको अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, १२ : ४०
लेखकबाट थप