बाढीपहिरा पीडितलाई मनाङ मस्र्याङ्दी क्लबले गर्यो राहत वितरण

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १३ : ४१
बाढीपहिरा पीडितलाई मनाङ मस्र्याङ्दी क्लबले गर्यो राहत वितरण

मनाङ मस्र्याङ्दी क्लबले यहाँका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ । फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको हो । आज ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डे, वडा नं ९ खाङ्सार र वडा नं ८ टङ्कीका बाढीपीडितलाई त्रिपाल औषधि, खाद्य सामग्री वितरण गरिएको छ ।

पीडित परिवारलाई क्लबका पदाधिकारीलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । क्लबले शुक्रबार पनि सोही गाउँपालिकाका वडा नं १ पिसाङ, वडा नं २ घ्यारु र वडा नं ३ ङावलमा राहत वितरण गरिएको जनाएको छ । ङिस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो ।

बाढीपहिराका कारण यातायात नचल्दा क्लबले हेलिकप्टर चार्टर गरेर राहत ल्याएको हो । क्लबले पछिल्लो समय खेलकूदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । क्लबले यसअघि कोरोना प्रभावितलाई निःशुल्क खाना वितरण गरेको थियो ।

बाढीपहिराबाट हिमाली जिल्ला मनाङमा ६५६ घरपरिवार विस्थापित भएका छन् । विनाशकारी बाढीपहिराले जिल्लाका घर, सडक, चैत्य, गुम्बा, पुललगायत संरचनामा क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस