नेपाल र दाहालबिच कोटेश्वरमा भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १३ : ०५
नेपाल र दाहालबिच कोटेश्वरमा भेटवार्ता

फाइल फोटो

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ।

साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ।

एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ।

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ।