रमेश खरेलको राजीनामा स्वीकृत

बुधबार, २८ चैत्र २०७४, १८ : ५८
रमेश खरेलको राजीनामा स्वीकृत

गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ ।
सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए ।

प्रहरी नियमावलीको नियम १२९ (ख) अन्तर्गत डिआइजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्छन । खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । राजीनामा पत्रमा खरेलले घरायसी समस्याले राजीनामा दिएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस