काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन् भने थप २० जनाको मृत्यु भएको छ ।
हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ सय ७० जना संस्थागत आइसोलेसनमा, ५ सय ३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।
नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति