दैलेख । कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताए ।
यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति